21.1 C
Kathmandu
Tuesday, July 23, 2024

१३ किलो अफिमसहित तीन जना पक्राउ

काठमाडौं । १३ किलो अफिम सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यलय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको छ । अफिम कारोबारीले तुलसिपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज