27.1 C
Kathmandu
Monday, July 22, 2024

रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । अब १७ असारमा सजाय निर्धारण हुनेछ ।’

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तपस्वी बम्जनविरुद्ध २०७७ असार ८ गते सर्लाहीकी एक युवतीले बाल यौन दुरुपयोग गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज