24.1 C
Kathmandu
Friday, July 26, 2024

रोष्टममै बजेट पुस्तिका च्यात्ने लिङ्देनको कदमलाई सांसद चौधरीको समर्थन

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्टममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको समर्थन गरेकी छिन् ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन् । उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरिन् ।
उनले लिङ्देनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने बताइन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै केन्द्रित गरिएको बताइन् । —न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज