24.1 C
Kathmandu
Friday, July 26, 2024

पेरुमा ७ २ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । दक्षिणी पेरूमा ७।२ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रधानमन्त्री गुस्ताभो एड्री्आन्जले जनाएका छन् ।

भूकम्पले राजधानी लिमाबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको एटीक्विपा क्षेत्र बढी प्रभावित भएको छ । भूकम्पको झड्का राजधानीसम्म महसुस गरिएको जनाइएको छ ।

सीसीटिभी फुटेजमा नजिकको सहर काराभेलीका बासिन्दा भूकम्पपछि घरबाट बाहिर निस्केका थिए । द प्यासिफिक सुनामी वार्निङ सेन्टरले प्रारम्भिक अनुमान अनुसार पेरूको तटीय क्षेत्रमा एकदेखि तीन मिटर वेभसहितको सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज