21.1 C
Kathmandu
Tuesday, July 23, 2024

बीएण्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलामा डा गोविन्द केसीले आलोचना

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाको डा गोविन्द केसीले आलोचना गरेका छन् ।

न्यायाधीश डा कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो । १२ चैत २०८० मा भएको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको थियो ।
जसमा १५ दिनभित्र बीएण्डसीलाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिन निर्देशनात्मक आदेश गरिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी केसीले उक्त फैसलामा गम्भीर न्यायिक विचलन देखिएको बताएका छन् ।

‘यो फैसलाका क्रममा गम्भीर न्यायिक विचलन भएको देखाउँछन् । फैसलालगत्तै निवेदक पक्षले न्यायाधीशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसलामाथि प्रश्न उठाउने ठाउँ दिएको छ’, उनले भनेका छन् ।

सर्वोच्चको फैसला चिकित्सा शिक्षा ऐनविपरीत रहेको भन्दै केसीले फैसलाका कारण देशमा थप दण्डहीनता र अराजकताको स्थिति सिर्जना गरेको बताए । ‘‘गलत तत्वलाई पृष्ठपोषण गर्ने साथै स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील क्षेत्रको थप भ्रष्टीकरण र माफियाकरण मात्र नभएर चरम अपराधीकरण गर्न मद्दत पुर्‍याएको छ’, केसीले भनेका छन् ।

उनले यो फैसलाको त्रुटिहरू सच्याउन तत्काल न्यायिक पुनरावलोकनको प्रक्रिया सुरू गर्न सरकारी पक्षलाई आग्रह गरेका छन् । त्यस्तै फैसला गर्ने न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाउन पनि केसीले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज