21.1 C
Kathmandu
Tuesday, July 23, 2024

एसईईमा अनुत्तीर्ण भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुने अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

२०८० सालमा सञ्चालित एसईई परीक्षाको बिहीबार नतिजा सार्वजनिक गरिएको थियो । एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज