21.1 C
Kathmandu
Tuesday, July 23, 2024

एसईईमा विद्यार्थी फेल हुनुमा शिक्षक को दक्षता कमजोर भएर हो त ?

माध्यमिक तह २०८० मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा सार्वजनिक भए सँगै शिक्षा प्रणाली र शिक्षक को दक्षता माथि नै प्रश्न चिन्न खडा भएको छ । यस वर्ष कुल ४ लाख ६४ हजार ७ सय ८५ जना सहभागी भएकोमा ४७.८७ प्रतिशत उत्तीर्ण ५२.१३ प्रतिशत अनुत्रिणभएका छन् त्यस मध्ये पनि गणित विषयमा सबै भन्दा बढी विद्यार्थीले नन् ग्रेड अर्थात फेल भएका छन् ।

१लाख ७७ हजार ९८६ विद्यार्थी गणित मा फेल भएका छन् त्यसपछि दोस्रोमा विज्ञान र तेस्रोमा अङ्ग्रेजी विषय मा फेल भएका छन् । शिक्षा नीति कमजोर भएर हो या शिक्षक र विद्यार्थीको लापरबाहीले एसीई को नतिजा पुरानै लयमा फर्किदैन भन्नेमा कुनै दुइमत छैन ।
उच्च शिक्षा हासिल लागि महत्वूर्ण विषय गणित पनि हो । गणित विषयमा धेरै विद्यार्थी फेल हुँदा राज्यले पनि सोच्ने बेला आएको छ किन यस्तो भएको छ त विद्यार्थीलाई उचित शिक्षा नमिलेर होकी शिक्षक लाई उचित तालिम र परामर्श काम भएर ।

राज्यले खासै चासो नदिएकोले पनि त्यसमा धेरै फेल भएको हो भन्ने आकलन गर्न सकिन्छ । र एउटा विषयलाई मात्र होइन सबै विषयमा निकै समस्या रहेको छ । सबै विषयलाई सजिलो बनाउनका लागि शिक्षकको क्षमता अभिबृद्धि गर्न एकदम जरुरी रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज