23.1 C
Kathmandu
Friday, July 26, 2024

१८६ कम्पनीका लगानीकर्ताले गुमाए

सेयरबजारमा आज १८६ कम्पनीको मूल्य घटेको छ । ४ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको दिन उक्त संख्यामा रहेका कम्पनीको सेयर मूल्य ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको छ। आजको कारोबारमा ५७ वटाको मात्रै सेयर मूल्य बढ्दा ३ वटाको अघिल्लो मूल्यमै कारोबार भयो ।

आज लगानीकर्ताले ६.३८ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ । साधना लघुवित्तका सेयरधनीले उक्त दरले घट्दा ८२.८० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरे। त्यसबाहेक हिमालय ऊर्जा विकास, मध्य सोलु हाइड्रोपावरलगायतका कम्पनीका सेयरधनीले पनि नोक्सानी व्यहोरे ।

यता नेपाल फाइनान्सका सेयरधनीले भने ९.८७ प्रतिशत प्रतिसेयर आम्दानी गरे। कम्पनीको सेयर ९२.८० रुपैयाँ प्रतिकित्ता दरले बढेको छ ।

आज नेपाल फाइनान्स १६ करोड ४६ लाख, गुडविल फाइनान्स १५ करोड १६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १३ करोड बढीको कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ५ कराड ८० लाख रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज