21.1 C
Kathmandu
Tuesday, July 23, 2024

५ अंकले घट्यो सेयरबजार, ४ अर्ब बढीको कारोबार

साताको पहिलो कारोबार दिन सेयरबजार ५।३७ अंकले घटेको छ।

बजार घटे पनि ४ अर्ब ३७ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ९५ लाख ६१ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

आज फाइनान्सहरुको उच्च कारोबार भएको छ। पोखरा फाइनान्सको मात्र १७ करोड १३ लाख, नेपाल फाइनान्सको १३ करोड ५८ लाख, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख र माउन्टेन इनर्जीको ११ करोडको कारोबार भएको छ। सूचक घटेर २०६२ विन्दुमा पुगेको दिन ७८ कम्पनीको सेयर बढे पनि १६४ कम्पनीको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज रिलायन्स फाइनान्स, गणपति लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी र साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यी कम्पनीका लगानीकर्ताले क्रमशः ४०.५०, १३१.५०, ५४ र १२३.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

आजको कारोबारमा लगानीकर्ताले ६.५८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज