भुटानी शरणार्थी विषयमा केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउन मेटमणि चौधरीको माग

11

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

संसद्मा उनले सम्बोधन गर्दै उनले भनेका छन्, “तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो । जो जो लागेका छन् उनीहरु कारबाहीको दायरामा आउनुपर्छ ।

त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ ।” त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्त्व गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here