पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।
वडा नं.५ मिलनचोक निवासी ६४ वर्षिय मनिलाल मल्लको बिहीवार दिउँसो मृत्यु भएको हो । दिउँसो करिब एक बजेको समयमा आफ्नै बारीमा रहेकोे लप्सी टिप्न रुख चढेका मल्लले लप्सी झार्न प्रयोग गरेको बाँसको लौरोले विद्युत लाईनमा छुँदा घटनास्थलमै मृत्यु भएको हो ।
मोदि- लुंखुदेउराली बिधुत सब-स्टेसन प्रसारण लाईको तारमा छुदा करेण्ट लागेर उहाँ रुखबाट खस्नुभएको थियो । करेण्ट लागेपछि स्थानीय महाशिला आधारभुत अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टका लागि सोहि अस्पतालमा राखिएको छ ।
स्थानीय देउराली बजारदेखि सब स्टेसन सम्मको विद्युत प्रशारण लाईन बर्षायाममा गएको पहिरोका कारण समस्याग्रस्त रहेको छ । रुखमा छोईएको लाईनको समस्या समयमा समाधान नगरेको भन्दै भन्दै स्थानीय हरुले बिरोध जनाएका छन