फोटोग्राफर संघ पर्वतद्धारा दुवै मृगौला पिडित पौडेललाई आर्थिक सहयोग

73

पर्वत । फोटोग्राफर संघ पर्वतले दुवै मृगौला पिडित महिलालाई आर्थिक सहयोग गरको छ । आज एक कार्यक्रमका विच कुश्मा नगरपालिका ९ हाल कुश्मा वस्दै आईरहेकी ३९ बर्षिय मन कुमारी पौडेललाई सहयोग गरको हो । संघका पदाधिकारीहरुबाट संकलित ४३ हजार ५० रुपैया सहयोग गरिएको संघका अध्यक्ष नारायण बहादुर केसीले बताउँनुभयो । उहाँले मृगौला पिडितलाई परिवारले मात्र उपचार गर्न नसक्ने बताउँदै सवै मिलेर सहयोग गर्नु पर्ने बताउँनुभयो । केसीले सेवा नै धर्म भएको बताउँदै पर्वत फोटोग्राफर संघमा आवद्ध सदस्यहरुले पौडेललाई सहयोग गरकोमा धन्यवाद दिनुभयो । उहाँले यस सहयोगले पौडेलको उपचारमा केही मात्रमा भए पनि टेवा पुग्ने बताउँनुभयो । साथै सोही कार्यक्रममा धुलेखेल हस्पिटल फलेवासका इन्चार्ज नरेश रोकायले नगद २ हजार पौडेललाई हस्तान्तरण गर्नुभयो ।

लोमो समय देखि दुवै मृगौला फेल भएर पिडित भएकी मन कुमारी पौडेलले फोटोग्राफर संघ पर्वतले सहयोग गरेकोमा धन्यवाद दिदै आफ्नो जिवन रक्षा गरिदिन सवैमा अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था पनि कमजोर छ परिवारमा दरिलो आम्दानी कसैको छैन कसरी उपचार गर्ने हो खै ” पौडेलले दुःख पोख्दै थप्नुभयो,“थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै सवैको थोरै थोरै सहयोगले मेरो उपचार हुन सक्छ । सवैले सहयोग गरिदिनुहोला ।”

विगत २ वर्ष देखि मृगौला पिडित भएकी पौडलको हाल पर्वत अस्पतालमा हप्ताको २ पटक डायलसीस गरिदै आइरहेको छ । डयालसीस गर्दा एक पाटकमा ४ हजार बराबर खर्च हुने भएकाले खर्च धान्न गाह्रो भइरहेको फोटोग्राफर संघ पर्वतका सह—सचिव एवम पौडेलका देवर नारायण पौडेलले बताउँनुभयो । पौडेलेले मृगौला प्रत्यारोपणका लागि सहयोग अभियान चलाईरहेको बताउँनुभयो ।

मृगौला पिडित पौडेलका श्रीमान यातायात व्यवसायी हुन भने उनका एक छोरा एक छोरी छन् उनलाई सहयोग गर्न चाहेमा फोटोग्राफर संघ पर्वतका अध्यक्ष नारायण केसी ९८५७६२५३९० मा सम्पर्क गर्न सक्नुहुने छ । फोटोग्राफर संघ पर्वतले समय समय सामाजिक कार्यहरु गर्दै आइरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here